लकडाउन हुने सम्भावना प्रबल !


ओकेजनता डेस्क
२८ आश्विन २०७७, बुधबार

काठमाडौं । सरकारले दशैँ तिहारमा मानिसहरुको आवातजावतमा बृद्धि भएसँगै केही कडाइ गर्ने तयारी गरेको छ ।

सरकारले भनेका स्वास्थ्य मापदण्ड पुरा नगरेको पाइएपछि केही कडाइ गर्ने संकेत देखिएको छ । यद्यपि यसअघि सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले राष्ट्रव्यपी लकडाउन नगरिने बताएका थिए ।

दशैँको मुखमा आवतजावत बाक्लिने भएकाले सबैलाई सुरक्षित रहन सरकारको आग्रह छ । बजारमा किनमेल र भिडभाड कम गर्न पनि सरकारले भनेको छ ।

यसपालि राष्ट्रबैंकले पनि नयाँ नोट सटही नगर्ने जनाएको छ । नोट सटही गर्दा बैंकमा भिडभाड बढ्ने भएकाले कोरोना संक्रमण दर उच्च रहने भन्दै नोट सटही नहुने भएको हो ।

अहिले आन्तरिक रुपमा सर्वसाधारणको आवातजावतमा बृद्धि भएको छ । शहर केन्द्रीत मानिसहरु बिस्तारै गाउँ जाने क्रम बढ्दो छ । यसले कोरोना संक्रमणको दर पनि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्