सानु शिवा पहाडीको निधन


ओकेजनता डेस्क
२८ आश्विन २०७७, बुधबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट प्रतिनिधिसभा सदस्य एवम् संस्कृतिकर्मी सानु शिवा पहाडीको निधन भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० की सांसद पहाडीको बुधबार विहान साढे १० बजे निधन भएको हो ।

पार्टी एकता अघि तत्कालिन एमालेको तर्फबाट समानुपातिकतर्फ निर्वाचित हुनुभएकी शिवाको उपचारका क्रममा काठमाडौं मेडिकल कलेजमा आज बिहान निधन भएको हो ।

तीन–चार दिनअघि एक्कासी मुटुमा समस्या आएपछि अस्पताल भर्ना हुनुभएकी शिवाको उपचारकै क्रममा निधन भएको नेकपाले जनाएको छ ।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद पहाडीको निधनमा दुःख व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्