आहा ! सायलको मनमोहक दृष्य


ओकेजनता डेस्क
२४ भाद्र २०७७, बुधबार

काठमाडौं । डोटीको सायल गाउँपालिका समृद्धिको लक्ष्यमा अगाडि बढेको छ । त्यहाँको प्राकृतिक सौन्दर्यतालाई कसैले नजरअन्दाज गर्न मिल्दैन । कुनै पनि नयाँ व्यक्ति सायल पुग्दा त्यहाँको मनमोहक दृष्यले लठ्ठ पर्ने गर्दछन् ।

कृषि, पर्यटन, जल र वन सम्पदाले भरिपुर्ण सायलले वर्षेनी आउने बाढी पहिरोको सास्ती भोगेपनि त्यहाँको विकास र मानव बस्तीलाई दीर्घकालीन योजना अनुरुप अगाडि बढाउन सके साच्चिकै स्वर्ग प्राप्त हुनेछ । अहिले पनि त्यहाँ सडक पूर्वाधार स्तरोन्नतीको अभाव, शिक्षा, स्वास्थ्य लगायत गरीबी र बेरोजगारी जस्ता समस्या ज्यूँकात्यूँ रहेका छन् ।

आगामी दिनमा कृषिमा व्यवसायीकरण, पर्यटन विकास, जल सम्पदाको उपयोग र जडिबुटी खेती बिस्तार योजनाबाट सायललाई समृद्ध बनाउन मद्दत पुग्ने देखिन्छ । त्यहाँका जनप्रतिनिधि र राजनीतिक दलका कार्यकर्ताले सायलको विकासका निम्ति प्रदेश र संघ सरकारको ध्यान जानुपर्ने तर्फ इंगित गरेका छन् ।

मितिः २०७७/०५/२४ गते चक्र मल्लको फेसबुकबाट साभार

प्रतिक्रिया दिनुहोस्