‘बलात्कारी ग्रुप’ खोल्नेलाई प्रहरीको खोजी सुरु


ओकेजनता डेस्क
२७ आश्विन २०७७, मंगलवार

काठमाडौं । बढ्दो प्रविधिको दुरुपयोग गर्नेलाई नेपाल प्रहरीले निगरानीमा राख्ने गरेको छ ।

अहिले विभिन्न नाममा फेसबुक पेज खोल्दै अनाधिकृत दुरुपयोग गर्नेको उत्तिकै बिगबिगी छ ।

प्रहरीले सामाजिक सञ्जाल फेसबुकमा खोलिएको ‘बलात्कारी संगठन’ नामक ग्रुपमाथि अनुसन्धान अघि बढाएको छ । कसले, किन, के प्रयोजनको लागि ग्रुप खोलिएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।

ग्रुप खोल्नेहरुको खोजीकार्य सुरु भइसकेको नेपाल प्रहरीको केन्द्रीय कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुवेर कडायतले जानकारी दिए ।

बलात्कार जस्तो जघन्य अपराध बढिरहेको बेला सामाजिक सञ्जालमा ग्रुप नै खोलेर बलात्कारसम्बन्धी पोष्ट गर्नेलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउनुपर्ने एसएसपीको कडायतको भनाइ छ ।

ग्रुप खोल्ने व्यक्तिलाई पक्राउ गर्न नेपाल प्रहरीको साइबर ब्यूरो तथा अन्य युनिटहरु पनि लागिपरेको एसएसपी कडायतले बताए ।

प्रतिक्रिया दिनुहोस्