कोरोनाबाट एकैदिन १८ को मृत्यु, संक्रमितको संख्या ३६ हजार


ओकेजनता डेस्क
२७ आश्विन २०७७, मंगलवार

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । यो सँगै मृतकको संख्या ६ सय ६३ पुगेको छ ।

आज थप ३ हजार ५ सय ५६ जनामा संक्रमण पुष्टि भएको छ । कुल संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ हजार ५ सय ३ जना डिस्चार्ज भएका छन् । हालसम्म ७८ हजार ७ सय ८० जना उपचारपछि निको भएर घर फर्केका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्