अण्डा व्यापारी र एक युवतीको प्रशंग…


ओकेजनता डेस्क
२७ आश्विन २०७७, मंगलवार

एउटा महिलाले एक अण्डा बेच्ने वृद्ध व्यक्तिलाई सोधिन्– “तपाईं अण्डा कुन भाउमा बेच्नु हुन्छ? “


वृद्ध व्यक्तिले भने– ‘म्याड्म रू, ५ को एउटा’
महिलाले बिक्रेतालाई भनिन्, म रू, २५ मा ६ वटा लिन्छु नभए जान्छु ।

वृद्ध बिक्रेताले भने, म्याड्म आउनुहोस् तपाईले जुन मूल्य भन्नुभएको छ त्यहीँ मुल्यमा दिन्छु ।
सायद यहीँ कारणले मेरो व्यापार हुन्छ कि ?


किनकि आज मेरो एउटापनि अण्डा बिक्री भएको छैन ।

त्यो महिलाले अण्डा किनेर यसरी गइन् मानौं निकै ठूलो युद्धमा विजय हासिल गरेकि हुन् ।
ऊनी मूल्यवान गाडीमा आफ्नो मित्रसँग एक महंगो रेस्टुरेन्टमा गइन् ।
त्यहाँ उनले र उनको मित्रले आफ्नो आफ्नो मन परेको खानेकुरा अर्डर गरे ।


त्यो खानेकुराबाट केही खाएर अरु त्यसै छोडे ।
तब त्यो महिलाले बिल मागिन् ।
रू, १४०० को बिल आयो ।
उनले रेस्टुरेन्टको मालिकलाई रू, १५०० दिइन् र भनिन् बाकी पैसा राख्नुस् ।


यो घटना त्यो रेस्टुरेन्टको मालिकलाई साधारण लागेपनि त्यो गरीब अण्डा बेच्ने वृद्ध व्यक्तिकोलागि निकै पिडादायक थियो ।


प्रश्न यो हुन्छ कि ?
जब हामी एक अभावग्रस्त व्यक्तिसँग किनमेल गर्छौं तब हामी यो देखावटी गर्छौं कि हामी शक्तिशाली छौं ।


तर, जब हामी ठुला–ठुला मलहरूमा जान्छौं तब हामी आफूलाई निकै उदार हुन्छौं ।
भलै त्यो व्यक्तिलाई हाम्रो उदारताको आवश्यकता नै नहोस् ।


कृपया कुनै सामान किनमेल गर्नुपरे गरीबसँग गर्नुहोला र मोलमोलाइ कम गर्नुहोला ।
किनकि वर्तमानमा लुटेरा गरिब होइन धनी नै छन् ।

प्रतिक्रिया दिनुहोस्