कोरोना भाइरससम्बन्धि जनचेतनामूलक गीत (भिडियोसहित)


ओकेजनता डेस्क
२४ भाद्र २०७७, बुधबार

काठमाडौं । लोक तथा दोहोरी गायक नरेश खाती र गायिका एलिना चौहानको आवाजमा ‘कोरोना भाइरस’ बोलको गीत सार्वजनिक भएको छ । पत्रकार गोमा परियारको शब्द तथा गायक खाती स्वयंको संगीत रहेको कोरोना भाइरस गीत जनचेतनामूलक गीत हो ।

चीनको वुहानबाट शुरू भएको कोरोना भाइरसले अहिले विश्वभर महामारीको रुप लिएको छ । हालसम्म २ सय २० मुलुकमा देखा परिसकेको कोरोना भाइरसले यतिबेला विश्व नै त्रसित छ ।

विश्वभर लाखौँ बढीको ज्यान लिइसकेको कोरोनाको संक्रमणबाट कसरी जोगिने र संक्रमण भइहाले कसरी उपचार गर्ने, सावधानी के–कस्ता अपनाउने भन्ने कुराको जानकारी दिन गीत तयार पारिएको जनाइएको छ ।

गीतमा दिपा श्री निरौला, ऋषि धमला, कोमल ओली, बद्री पंगेनी, रमेश विजी, पशुपति शर्मा, उमेश राई फुलन्देकी आमा, राजेन्द्र नेपाली ‘लट्टे’ र ईश्वरी खातीको अभिनय रहेको छ ।

गोरक्ष म्युजिक प्रालिको प्रस्तुतिमा सार्वजनिक गरिएको गीतलाई मेक्समनरेश अफिसियल यूट्युबमार्फत सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्