काठमाडौं । मेक्सिकोका एक सांसदले संसदमा आफ्ना सबै लुगाहरु खोलेको तस्बिर भाइरल बन्दै गएको छ ।
उनले कपडा खोल्दै भनेका थिए– ‘मलाई नाङ्गो देख्दा तपाईलाई लाज लाग्यो तर जनता सडकमा नाङ्गै हुँदा, रोग र भोकले ग्रसित भएर लड्दा, बेरोजगारी र अभावले छट्पटिदाँ तपाईलाई लाज लाग्दैन, किनकी तिनीहरूको सबै धन सम्पत्ति तपाईहरूले नै चोर्नु भएको छ ।’
अहिले बढ्दो कोरोना भाइरसको त्रहीमाम र जनताले गासबास नपाउने परिस्थितिसँग यो तस्बिरको मर्म मिलेको भन्दै सामाजिक सञ्जालमा भाइरल बनाइएको छ । नेपाल सरकारले जनताका समस्यालाई नजिकबाट नियालेर समाधान नखोजेको भन्दै यो तस्बिरबाट सांकेतिक विरोध भइरहेको छ ।
तस्बिरः सामाजिक सञ्जालबाट साभार