मुख्यमन्त्री शाहीको कुर्सी संकटमा : केन्द्रको प्रस्ताव अस्वीकार !


ओकेजनता डेस्क
२७ आश्विन २०७७, मंगलवार

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध १८ जना सांसदले दर्ता गरेको अविश्वासको प्रस्ताव रोक्नका लागि पार्टीमा छलफल भइरहेको छ ।

कर्णाली प्रदेशका माधव कुमार नेपाल पक्षधर र पुष्पकमल दाहाल पक्षका नेताबीच छलफल जारी रहेको छ । यसरी अविश्वासको प्रस्ताव दर्ता गर्दै जाँदा प्रणाली नै बिग्रने खतरा रहेको भन्दै केन्द्रमा पनि नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भएको थियो ।

मुख्यमन्त्री शाहीको कार्यशैलीमा प्रश्न उठाउँदै आएका नेकपा कणाली प्रदेशका नेता भने केन्द्रको हस्तक्षेप स्वीकार नहुने बताउँदै आएका छन् ।

प्रस्ताव दर्ता भइसकेकाले त्यसको कार्यान्वयनमा जाने १८ जना नेताको भनाइ छ । यसरी हेर्दा मुख्यमन्त्री शाहीको कुर्सी संकटमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्