सवारीधनीले ५० प्रतिशत बढी भाडा लिन नपाउने


ओकेजनता डेस्क
२७ आश्विन २०७७, मंगलवार

काठमाडौं । सरकारले सार्वजनिक यातायातलाई पूर्ण सिट क्षमतामा सञ्चालन गर्न अनुमति दिएको छ ।

मन्त्रिपरिषद्को बैठकले पूर्ण सिट क्षमतामा यात्रु बोक्न दिने निर्णय गरेको हो । यसअघि सरकारले सार्वजनिक सवारी साधनलाई सिट क्षमताको आधा मात्रै यात्रु बोक्न निर्देशन दिँदै ५० प्रतिशत वढी भाडा लिन छुट दिइएको थियो ।

तर यातायात व्यवसायीले भने सरकारलाई शतप्रतिशत यात्रु राख्न पाउनुपर्ने अन्यथा दशैं तिहार जस्ता चाडका लागि अग्रिम टिकट बुकिङ खुलाउन नसकिने चेतावनी दिँदै आएका थिए ।

चाडपर्वको समयमा यात्रुको चाप बढी हुने भएकाले सार्वजनिक यातायातमा पनि सामाजिक सुरक्षाका मापदण्ड अपनाएर पूरा क्षमतामा यात्रु राख्न दिने र भाडा पुरानैै दरमा लिन पाउने निर्णय गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्