काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मन्त्रिमण्डल फेरबदल गर्नका लागि पर्याप्त तयारी गर्न नसक्दा समस्या देखिएको छ ।
मन्त्रिमण्डल फेरबदल पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आपसी सहमतिका आधारमा हुने भनिएता पनि पर्याप्त छलफल हुन सकेन ।
अहिले पनि निरन्तर मन्त्रिमण्डल फेरबदलका विषयमा छलफल भइरहेको छ । दुई दिनयता भने नेकपा शीर्ष नेतृत्वको ध्यान कणाली तर्फ मोडिएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको कार्यशैलीलाई लिएर नेकपाकै १८ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएपछि नेकपाको नेतृत्वमै हलचल पैदा भएका छ ।
समग्रमा हेर्दा दशैँ अगाडि मन्त्रिमण्डल फेरबदलको संकेत देखिएको छैन ।
अर्थ मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा समेत समझदारी नहँुदा मन्त्रिमण्डल पुनर्गठनमा सकस सिर्जना भएको छ ।
अर्थको जिम्मा प्रधानमन्त्री आफैले लिने की भन्ने विषयमा पनि पार्टीमा छलफल भइरहेको छ ।