प्रचण्ड ओलीप्रति आक्रोशित !


ओकेजनता डेस्क
२७ आश्विन २०७७, मंगलवार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच कर्णालीको विवादलाई लिएर असमझदारी भएको छ ।

पार्टीभित्र अन्तरद्वन्द्व सिर्जना गर्नेगरी केन्द्रीय नेताहरुले आ–आफ्नो गुट प्रदर्शन गरेको भन्दै पार्टीमा समस्या निम्तिएको हो ।

कर्णालीमा पूर्व एमाले र माओवादीको फरक कित्ता देखिएको छ । मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध माओवादीकै दुईजना नेता उत्रिएका छन् । मुख्यमन्त्रीले विधिसम्मत रुपमा कार्य नगरेको भन्दै उनीविरुद्ध १८ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री शाहीले प्रमुख सचेतकबाट गुलाबजंग शाहलाई हटाएका छन् । गुलाबजंग शाहले कोमामा पुगेका मुख्यमन्त्रीले आफूलाई हटाउन नमिल्ने प्रतिक्रिया दिएका छन् ।

यसरी हेर्दा नेकपाभित्रको विवाद कर्णालीमा छताछुल्ल भएको छ । बागमती र प्रदेश नम्बर १ मा समेत यसले समस्या निम्त्याउने आंकलन गरिएको छ ।

अध्यक्ष ओली र दाहालबीच भएको भेटमा पनि प्रचण्डले ओलीलाई पार्टीमा अस्थिरता ल्याउन खोजेको ? यसको जिम्मा तपाईंले लिनुपर्छ ? भन्ने प्रश्न गरेको नेकपा स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्