आजको मौसम यस्तो छ


ओकेजनता डेस्क
२७ आश्विन २०७७, मंगलवार

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मंगलबारको मौसम पूर्वानुमान जारी गरेको छ ।

महाशाखाका अनुसार हाल बंगालको खाडीको पश्चिम–मध्य भागमा शक्तिशाली निम्न चापीय क्षेत्र रहेको छ । उक्त निम्न चापिय क्षेत्र अझै शक्तिशाली हुँदै पश्चिम–उत्तरपश्चिमी दिशा तर्फ सर्दै जाने देखिन्छ ।

अहिले देशको पहाडी भूभागमा आंशिक बदली रहेको र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

यसैगरी, दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आजको मौसम पूर्वानुमानमा उल्लेख छ ।

भने, प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै भू(भागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राती प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्