काठमाडौं । गायक तथा संगीतकार शान भुसालको ‘अलि अलि’ बोलको गीत सार्वजनिक भएको छ । शानकै शब्द र संगीत रहेको उक्त गीतमा गायिका सुनिता कार्कीले साथ दिएकी छन् । भिडियोमा स्वस्तिमा खड्का र आकाश श्रेष्ठले अभिनय गरेका छन् ।
सनीरको एरेन्जमेन्ट रहेको उक्त गीतमा कृष्णमान महर्जनको मिक्सिङ रहेको छ । भिडिओ उत्सव दाहालले खिचेका हुन् भने रोशन लामाको निर्देशन र विकास दाहालले सम्पादन गरेका हुन् । राजनीतिक सिनेमाबाट आफ्नो सांगीतिक यात्रा अगाडि बढाएका शानले हाल देश बाहिर रहेरै आफ्नो सांगीतिक यात्रा जारी राखेका छन् ।
शानका यसअघि ’थोरै श्वास’, ’भाग्य’, ’म तिमीमै हराएँ’ लगायतका गीत सार्वजनिक भइसकेका छन् ।
भिडियो हेर्नुहोस् :