सोमप्रसाद पाण्डे स्वस्फूर्त मन्त्री !


ओकेजनता डेस्क
२६ आश्विन २०७७, सोमबार

काठमाडौं । नेकपाका नेता एवम् पाल्लाबाट लगातार पाँच पटक निर्वाचनमा विजयी सांसद सोमप्रसाद पाण्डे मन्त्रीका लागि स्वस्फूर्त प्रस्तावित मन्त्री हुनुहुन्छ । उहाँले पाल्पामा आफू गइसकेपछि प्रतिपक्षी दललाई पराजित गर्दै आउनुभएको छ ।

स्वच्छ छविका नेता पाण्डेलाई मन्त्री बन्नका लागि दबाब भएपनि नेतृत्वको निर्णयको पर्खाइमा हुनुहुन्छ । उहाँ एकपटक मन्त्री बनिसक्नुभएको छ ।

सोमप्रसादलाई माधव नेपालको सम्धिका रुपमा हेरिएर राजनीतिमा फड्को मारेको बताइएता पनि उहाँको त्यागले हालसम्मको प्रगति कायम छ । अहिलेको मन्त्रिमण्डलमा पाण्डेको नाम लिने नेता भएपनि गुटका कारण केही समस्या सिर्जना भएको छ ।

पाँच पटक निर्वाचन जितेर पार्टीलाई उचाइमा पुर्याउन उहाँको ठूलो योगदान छ ।

प्रतिक्रिया दिनुहोस्