काठमाडौं । कैयौँ पटक हामीले हरेक दिन पूजापाठ गछौँ, तर त्यसको फल मिल्दैन् । पुजा गर्दा हामीले गर्ने साना साना गल्तीका कारण हुने गर्दछ । हिन्दु शास्त्रमा हामीलाई पुजा गर्दा के गल्ति गर्न हुँदैन्, के कुरामा ध्यान दिनु पर्दछ भन्ने बारे उल्लेख गरिएको छ ।
भगवान वराहले वराह पुराणमा पुजाको समयमा निषेश गरिएका कामका बारेमा बताएका छन् । यस पुराणमा वराह भगवानले पूजासँग जोडिएका केही कामका बारेमा बताएका छन् ।
१. गलत कामबाट कमाएको पैसा भगवानलाई नचढाउनुहोस् । यसलाई अपराध मानिने गरिन्छ ।
२. नीलो वा कालो रंगको कपडा पुजाका समयमा लगाउनु हुँदैन् ।
३. शवको स्पर्श गरेपछि स्नान नगरी पुजा गर्नु हुँदैन् ।
४. संभोग गरीसकेपछि स्नान नगरी पुजा गर्नु हुँदैन् । यसलाई अपराध मानिने गरिन्छ ।
५. रिसाएको बेला भगवानको उपासना गर्दा फल मिल्दैन् ।
६. अँध्यारोमा भगवानको मूर्ति वा तस्वीरलाई स्पर्श गर्नु वा पुजा गर्नु अपराध मानिने गरिन्छ ।
७. घण्टी वा शंख आदीको आवाज नदिइ पूजा गर्दा गभवानले स्वीकार गर्दैनन् ।
८. केही खाइसकेपछि कुल्ला नगरी वा पानी नपिइ पुजा गर्दा फल प्राप्त हुँदैन् ।
एजेन्सी