भारत–चीन वार्ता, होला त सहमति ?


ओकेजनता डेस्क
२६ आश्विन २०७७, सोमबार

काठमाडौं । लामो समयदेखि जारी भारत–चीनबीचको सीमा विवाद समाधानका लागि सोमबार वार्ता हुँदैछ ।

टाइम्स अफ इन्डियामा प्रकाशित खबर अनुसार भारत–चीनबिच पूर्वी लद्दाखमा जारी सीमा विवाद कम गर्नका लागि सोमबार कमाण्डरस्तरको सातौँ वार्ता हुन लागेको हो ।

यो वार्तामा पहिलोपटक चीनका उच्च कूटनीतिज्ञ पनि सामेल हुने जनाइएको छ । टाइम्स अफ इन्डियाका अनुसार वार्तामा चीनका तर्फबाट विदेश मन्त्रालयका अधिकार र राजनीतिक कमिश्नर सामेल हुन सक्ने छन् ।

यसअघि सेप्टेम्बर २१ मा भएको कमाण्डर तहको छैटौँ वार्तामा भारतका तर्फबाट वरिष्ठ कूटनीतिज्ञ, संयुक्त सचिव (पूर्वी एसिया) नविन श्रीवास्तव सामेल भएका थिए ।

गएको सेप्टेम्बर १० मा रुसको मस्कोमा भारतीय विदेशमन्त्री एस जयशंकर र चीनका विदेशमन्त्री वाङ्ग यीबिच वार्ता भएको थियो ।

सो वार्तामा सीमा विवाद कम गर्ने सम्बन्धमा पाँच बुँदे सहमति भएको थियो । तर त्यसको कार्यान्वयन भने हुन सकेको छैन ।

भारतले चीनमाथि सहमति कार्यान्वयन गरेको आरोप लगाउँदै आएको छ ।

सीमा क्षेत्रमा निर्माण तथा सैन्य गतिविधि जारी राखेको आरोप भारतको छ ।

प्रतिक्रिया दिनुहोस्