असोज २६ गतेको राशीफल


ओकेजनता डेस्क
२६ आश्विन २०७७, सोमबार

मेष– आपसी प्रेममा मनमुटाव हुनेछ । साझेदारी काम बोझ वन्नेछ । घरायसी कुरामा वादविवाद हुनेछ ।

वृष– दाजुभाइको बीच सहकार्य हुनेछ । प्रिय वस्तु लाभ हुनेछ । घरको काममा समय बित्नेछ ।

मिथुन– धनको कारोबारमा राहत हुनेछ । संस्थागत काममा स्याबासी पाइनेछ । आफ्नो बालीले प्रभाव पार्नेछ ।
कर्कट– नयाँ नयाँ सोच र योजना बन्नेछ । यात्रामा कष्ट हुनेछ । आफ्नामा विवाद हुनेछ ।

सिंह– सोचेको वस्तु लाभ मिल्नेछ । काममा ढीलासुस्ती हुनेछ । प्रियवस्तु लाभ हुन सक्नेछ ।
कन्या– सरकारी काममा फाइदा हुनेछ । साथि भाइको साथ पाइनेछ । मीठो अनुभव मिल्नेछ ।

तुला– वेकारमा अपगाल आउनेछ । नयाँ काममा बाधा मिल्नेछ । उपकारमा समय जानेछ ।
वृश्चिक– साझेदारी काममा प्रगति मिल्नेछ । पारिवारिक चिन्ताले सताउनेछ । अध्ययनमा लापर्वाही हुनेछ ।

धनु– व्यापारमा फाइदा बढ्नेछ । भोग विलासमा मन जानेछ । सामाजिक व्यस्तता बढ्नेछ ।
मकर– पारिवारिक सहयोगले जिम्मेवारी पुरा हुनेछ । यात्राको सुख मिल्नेछ । दाजुभाइमा मित्रता बढ्नेछ ।

कुम्भ– मनोरन्जनमा समय जानेछ । वैदेशिक काममा सफलता मिल्नेछ । वोलीले वादविवाद पर्नेछ ।

मीन– सृजनात्मक काममा व्यस्तता बढ्नेछ । सन्तानको चिन्ता थपिनेछ । आलस्यताले काममा अधुरो हुनेछ ।

प्रतिक्रिया दिनुहोस्