काठमाडौं । शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्री पोखरेलका मन्त्रीका प्रेस सल्लाहकार सुनिल खड्काले आइतबार कोरोना पुष्टि भएको जानकारी दिएका छन् ।
उनका अनुसार पोखरेल शनिबार ज्वरो आउँदा अस्पतालमा भर्ना भएका थिए भने त्यहाँ स्वाब टेस्ट गराउँदा पोजेटिभ देखिएको हो ।
शनिबारमात्रै पर्यटन मन्त्री योगेश भट्टराईमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।