कोरोनाबाट आजै थप २२ जनाको मृत्यु


ओकेजनता डेस्क
२५ आश्विन २०७७, आईतवार

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २२ जनाको मृत्यु भएको छ ।

हालसम्म मृत्यु हुनेको संख्या ६ सय ३६ पुगेको स्वास्थ्यमन्त्रालयले जानकारी दिएको छ ।

आइतबार थप २ हजार ७१ जना संक्रमित भएका छन् । कुल संक्रमितको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ ।

आइतबार कोरोना जितेर १ हजार ५ सय ५२ जना डिस्चार्ज भएका छन् ।

हालसम्म ७५ हजार ८ सय ४ जना उपचारपछि निको भएर घर फर्केका छन् । देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय १५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्