बलात्कारबाट बचाउने पेन्टी बनाइन सीनुले…


ओकेजनता डेस्क
२५ आश्विन २०७७, आईतवार

काठमाडौं । दिनप्रतिदिन बलात्कारका घटना बढिरहेको अवस्थामा भारतमा पनि यसको दर बढ्दै गएको छ । सोही घटनालाई मध्येनजर गर्दै भारतकी एक युवतीले बलात्कारबाट जोगाउन सक्ने पेन्टी बनाएकी छिन् ।

१९ वर्षकी सीनुकुमारी उत्तर प्रदेशको र्फरुखाबाद जिल्लाको एक निम्न मध्यमवर्गीय परिवारका हुन् ।

उनले बनाएको ‘रेप प्रुफ पेन्टीमा एक प्रकारको लक लागेको हुन्छ, जसले बलात्कारबाट बचाउन सक्छ ।

पेन्टीमा लेड प्रुफ कपडा प्रयोग गरिएको छ, जसलाई काट्न वा जलाउन सकिँदैन । साथै स्मार्ट लक, जीपीआरएस र एक रेकर्डर पनि छ ।

स्मार्ट कल पासवर्डले मात्र खुल्नेछ । सीनु भन्छिन्, ‘यसमा एउटा बटम छ, जसलाई थिच्नासाथ इमर्जेन्सी वा १० नम्बर डायल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्