डरलाग्दो दुर्घटना, बस ठोक्किँदा १७ को मृत्यु


ओकेजनता डेस्क
२५ आश्विन २०७७, आईतवार

काठमाडौं । एकाबिहानै बस र रेल एकापसमा ठोक्किँदा थाइल्याण्डमा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा दर्जनौँ मानिस घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय समय अनुसार आइतबार बिहान बैंककबाट ५० किलोमिटर पूर्व दुर्घटना भएको हो ।

बसमा रहेका यात्रुहरु बुद्धिस्टहरु थिए र उनीहरु व्रत समाप्तीका लागि गुम्बा तर्फ जाँदै थिए ।

रेलमा ठोक्किएको बस क्षतिग्रस्त भएको तस्बिरमा देखिएको छ । च्यापिएको बस निकाल्नका लागि क्रेन प्रयोग गर्नु परेको उद्धारकर्मीले बताएका छन् ।

मृत्यु हुनेको संख्या बढ्न सक्ने उनीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्