सुनको मूल्य बढ्यो


ओकेजनता डेस्क
२५ आश्विन २०७७, आईतवार

आइतबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ ।

मूल्य बढेर छापावाला सुन प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँ रहेको थियो । तेजावी सुन प्रतितोला ९५ हजार १ सय रुपैयाँ रहेको छ । चाँदीेको मूल्य तोलामा ४० रुपैयाँले १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पनि मूल्य बढेर सुन प्रतितोला १ हजार ९ सय ३० डलर हाराहारीमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्