टिकटकमा प्रतिबन्ध


ओकेजनता डेस्क
२५ आश्विन २०७७, आईतवार

काठमाडौं । सामाजिक सञ्जाल टिकटक प्रतिवन्ध लगाउने देशहरूको सूचीमा पाकिस्तान पनि थपिएको छ ।

चिनियाँ एप टिकटकलाई यसअघि भारत, अमेरिकालगायतका देशहरूले प्रतिवन्ध लगाइसकेकोमा शुक्रबारदेखि पाकिस्तानले पनि प्रतिवन्ध लगाएको हो ।

’अनैतिक सामग्रीहरू’ भएको निश्कर्ष निकाल्दै पाकिस्तानले शुक्रबारदेखि टिकटकलाई देश भित्र प्रतिवन्ध लगाउने निर्णय गरेको अधिकारीहरूले जनाएका छन् ।

चीनसँगको सदाबहार मित्र भएपनि चिनियाँ एपलाई मुलुक भित्र प्रतिवन्ध लगाउनु पर्ने बाध्यता सृजना भएको अधिकारीहरूको भनाई छ ।

टिकटकबाट मुस्लिम धार्मिक संस्कारको उलंघन र त्यसलाई असर पार्ने कार्य भइरहेकाले त्यसलाई नियन्त्रणका लागि टिकटक प्रतिवन्ध लगाउनु परेका उनीहरूले बताएका छन् ।

पाकिस्तानी दुरसञ्चार प्राधिकरणद्धारा जारी वक्तव्यमा सामाजिक तथा धार्मिक संस्कार विथोल्ने गतिविधि भएको भन्दै टिकटकका विरुद्धमा उजुरीहरू परेको उल्लेख गरिएको छ ।

मुस्लिम संस्कार अनुसार महिलाहरूले बुर्का लगाउनु पर्ने, शारिरिक अंगहरू प्रदर्शन गर्न नहुनेलगायतका कडा सांस्कृति व्यवस्था भएपनि टिकटक प्रयोगकर्ताहरूले त्यसलाई उलंघन गरेको उजरीकर्ताहरूको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्