डा. केसीले अनसन तोड्नुका पछाडि बलिया शर्त


ओकेजनता डेस्क
२५ आश्विन २०७७, आईतवार

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै आएका अनसनरत डा. गोविन्द केसीले अनसन तोडेका छन् । सरकार र केसीबीच शनिबार मध्यराति ८ बुँदे सहमति भएको छ ।

सरकार र केसी पक्षको वार्ता टोलीबीच शनिबार राति भएको सहमतिपछि डा केसी १९ औँ सत्याग्रह तोड्न सहमत भएका हुन् ।

डा. केसीले १९ औँ पटकको सत्याग्रह जुम्लाबाट सुरु गरेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नेपालगञ्ज हुँदै काठमाडौँ ल्याइएको थियो ।

वार्तामा सहमति भएपछि उनी २७ औँ दिनमा अनशन तोड्न सहमत भएका हुन् ।

डा. केसी र सरकारबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार एवम् जनशक्तिको प्रबन्ध गरी आउँदो शैक्षिक सत्रदेखि एमबिबिएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने, पिसिआर परीक्षण बढाउने तथा कोभिड–१९ तथा अन्य रोगको उपचारका लागि सरकारी अस्पतालको क्षमता बिस्तार गर्ने, अछामको बयलपाटा अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा दिन बजेट व्यवस्था गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्