सुनसरीमा विपद् जोखिम


ओकेजनता डेस्क
२१ भाद्र २०७७, आईतवार

सुनसरी । सुनसरी विपद् जोखिमका लागि संवेदनशील क्षेत्र मानिएको छ । बाढी, पहिरो र सवारी दुर्घटनासहितको विपद्को जोखिममा सुनसरी संवेदनशील रहेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७७ मा उल्लेख गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति सुनसरीले सार्वजनिक गरेको योजना पुस्तकमा जिल्लामा महामारी सहितका १० भन्दा बढी प्रकारका प्रकोपहरु हुने गरेको देखिएको छ । पछिल्लो समय कोरोना संक्रमणको महामारी चलिरहेको अवस्थामा नागरिक समाजको भुमिका महत्वपूर्ण हुनुपर्ने सहभागिहरुले बताएका छन् ।

नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा पुस्तक प्रकाशन भएको हो । जिल्लामा वर्षेनी आउने बाढीनै प्रमुख प्रकोपको रुपमा रहेको छ । दोस्रोमा सडक दुर्घटना, तेस्रोमा आगलागी, चौथोमा शितलहर, पाचौंमा जनावरबाट हुने क्षति रहेको छ । त्यस्तै खडेरी, चट्याङ, हावाहुरी, महामारी र पहिरोलाई क्रमशः स्तरीकरण गरिएको छ ।

पुस्तकको प्रदेश नम्बर १ का सभामुख प्रदिप कुमार भण्डारीसहित प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले लोकार्पण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्