विकासको पर्यावाची नाम महेश बस्नेत


ओकेजनता डेस्क
२४ आश्विन २०७७, शनिबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, सांसद एवम् पूर्व उद्योग मन्त्री महेश बस्नेत जनप्रिय बन्दै गएका छन् ।

भक्तपुरको विकासमा तल्लीन सांसद बस्नेतलाई स्थानीयले आँटिलो र दक्ष नेता पाएको भन्दै खुसी व्यक्त गरिरहेका छन् । विकास निर्माण र जनताका काममा सधैँ अग्रसर बनेका बस्नेतले लकडाउनको समयलाई भरपुर उपयोग गरी विकास निर्माणलाई तीब्रता दिएका थिए ।

आफ्नो क्षेत्रमा बढी बजेट लैजान सफल बनेका बस्नेत मन्त्री भएमा सिंगो देशको विकासमा लाग्ने बताउँछन् । भक्तपुर मात्रै नभइ सिंगो मुलुकको विकास भएमात्र देश अग्रपंक्तिमा जाने बस्नेतको भनाइ छ ।

ओकेजनतासँग कुरा गर्दै बस्नेतले भने– ‘पार्टीको मुल्यांकन र मेरो कार्यशैलीले नै भावी दिशा तय गर्नेछ, अहिले यो या त्यो भन्दै म बुरुक्क उफ्रिन्न, समय छ मेरो चाहाना पनि जनताको सदैव सेवा गर्न पाउँ भन्ने हो ।’

अहिले विकासमा तल्लीन छन् बस्नेत


गाम्चा, शिकारीटार, तर्खगाल १० मिटर सडक बिस्तार गर्ने काम राती समेत फोकस लाइट बालेर तिब्र गतिमा हुदैंछ । असाध्य सहयोग गर्ने स्थानीय जनसमुदाय र वडाका जन प्रतिनिधिहरुको सक्रियता प्रसंसायोग्य छ। त्यस्तै राम्रो काम गरे जनताको मन जित्न सकिन्छ भन्ने उदाहरण भएका, निर्माण ब्यबसायी, प्राबिधिक टिम र दक्ष, अदक्ष मजदुरहरु। सबैमा नमन ।
(बस्नेतको फेसबुकवालबाट)

प्रतिक्रिया दिनुहोस्