दिल्ली क्यापिटल्सको शानदार जित


ओकेजनता डेस्क
२४ आश्विन २०७७, शनिबार

काठमाडौं । इन्डियन प्रिमियर लिग –आइपिएल)को १३ औँ संस्करणको शीर्ष स्थानमा उक्लेको छ ।

अंक तालिकाको शीर्ष स्थानबाट मुम्बई इण्डियन्सलाई हटाएर दिल्लीले आफ्नो स्थान बनाएको हो ।

शीर्ष स्थानमा उक्लिएको दिल्लीले ६ खेलमा १० अंक जोडेको छ ।

युएईको शारजाह मैदानमा शुक्रबार राति भएको खेलमा दिल्लीले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रेको राजस्थानले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ३८ रन मात्रै बनाउन सक्यो ।

राजस्थानका राहुल टेवाटियाले सर्वाधिक ३८ रन बनाएका थिए भने याशभी जैशवालले ३४ तथा कप्तान स्टिभ स्मिथले २४ रन बनाए। जोस बट्लर १३ रनमा आउट भए ।

दिल्लीका कागिसो राबडाले ३, रविचन्द्र आश्विन र मार्कुस स्टोनिसले २र२ तथा अक्षर पटेल, हर्सल पटेल र एन्रीच नोर्ट्जेले १र१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो ।

दिल्लीका लागि शिम्रन हिटमायरले सर्वाधिक ४५, मार्कुस स्टोनिसले ३९ तथा कप्तान श्रेयस आयरले २२ रन बनाए ।

राजस्थानका जोफ्रा आर्चरले ३ राहुल टिवाटिया, एन्ड्रयु टेइ र कार्तिक त्यागीले १र१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्