BREAKING-डा. केसी अनसन तोड्दै, यस्तो भयो सहमति


ओकेजनता डेस्क
२३ आश्विन २०७७, शुक्रबार

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले आज अनसन तोड्ने भएका छन् ।

सरकार र आमरण अनरनसत डा. गोविन्द केसीबीच सहमति भएको छ ।

दुवै वार्ता टोलीले सहमतिलाई औपचारिकता दिएपछि आजै अनसन तोड्ने तयारी रहेको उच्च स्रोतले बताएको छ ।

शिक्षा सचिव गोपी मैनाली र डा. जीवन क्षेत्री नेतृत्वको वार्ता टोली विहीबार नै सहमति नजिक पुगिसकेका थिए ।

शुक्रबार दुवै पक्षले आन्तरिक परामर्श गरेपछि सहमतिलाई अन्तिम रुप दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्