गर्भवतीको मृत्युपछि भावुक उपमेयर सृष्टि


ओकेजनता डेस्क
२३ आश्विन २०७७, शुक्रबार

काठमाडौं । बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर ४ की २३ वर्षीया अम्बकला रोकायाको मृत्यु प्रति नगरपालिकाकी उपप्रमुख सृष्टि रेग्मीले दुःख व्यक्त गरेकी छन् ।

स्थानीय तहले पर्याप्त मात्रामा सावधानी अपनाउँदा पनि मृत्युवरण गर्नुपरेको भन्दै रेग्मीले मृतक रोकाया प्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् । राज्यले दिने सबै सेवा दिएतापनि गर्भवतीको ज्यान बचाउन नसक्दा उनमा पछुतो भएको छ ।

ग्रामीण क्षेत्रमा सडक सञ्जालको पहुँच भएपनि अव्यवस्थित हुनु, कतै सडक सञ्जाल नहुनुले यस्ता घटना बढिरहेको उनको भनाइ छ ।

आगामी दिनमा यस्ता घटनाबाट कसैले मृत्युवरण गर्नुनपर्ने भन्दै रेग्मीले सबै निकाय संयमित भएर विकासका पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने सामाजिक सञ्जालमार्फत बताएकी छन् ।

उनको स्ट्याटस

प्रतिक्रिया दिनुहोस्