काठमाडौं । नेकपाका प्रभावशाली नेता महेश बस्नेत मन्त्रीको चर्चामा रहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र मानिने बस्नेतलाई यसपाली मन्त्रिमण्डलमा लैजाने ओलीले तयारी गरेका छन् ।
महेश बस्नेत यसअघि पनि उद्योग मन्त्री बनिसकेका छन् । मन्त्री रहँदा उनले अगाडि सारेका नीति तथा कार्यक्रम जनमुखी भएको विश्लेषण गरिएको थियो । भक्तपुरबाट निर्वाचित सांसद बस्नेतले आफ्नो निर्वाचन क्षेत्रमा धेरै बजेट लगेको बताइन्छ ।
भक्तपुरको विकासमा बस्नेतले उल्लेख्य भुमिका खेलेको उनका समकक्षी बताउँछन् । महेशलाई मन्त्री बनाउन कतैबाट पनि अवरोध नरहेको बुझिएको छ । यसपाली जसरी पनि मन्त्री बन्ने दौडमा बस्नेत रहेको नेकपाका नेताको भनाइ छ ।
बस्नेतलाई मन्त्री बन्न अहिले सुनौलो समय रहेको पनि केही नेता बताउँछन् । हरेक अवरोधमा बस्नेतले प्रधानमन्त्री ओलीलाई सहयोग गर्दै आएका छन् ।