रक्सीले मातिएर अर्कै महिलाको ओछ्यानमा वडाध्यक्ष पुगेपछि….


ओकेजनता डेस्क
२३ आश्विन २०७७, शुक्रबार

काठमाडौँ । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष मेडल राई रक्सीले मातेर परस्त्रीको ओछ्यान पुगेपछि पक्राउ गरेका छन् ।
नेपाली कांग्रेसका नेता तथा वडाध्यक्ष राई रक्सीले झ्वाम परेपछि परस्त्रीको ओछ्यानमा पुगेका थिए ।

मध्यरातमा रक्सीले मातेर स्थानीय महिलाको ओछ्यानमा पुगेपछि वडाध्यक्ष राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख डीएसपी रुपेश खड्काले जानकारी दिए ।

वडाध्यक्ष राईले स्थानीय महिलाको घरमा गएर बलात्कारको प्रयास गरेको डीएसपी खड्काको भनाइ छ । बलात्कारको प्रयास गरेपछि राईविरुद्ध पीडित महिलाले प्रहरीमा पुगेर लिखित रूपमै उजुरी दिएपछि पक्राउ गरेका हुन् ।

पक्राउ परेका राईमाथि जिल्ला अदालत ओखलढुंगाबाट ५ दिनको म्याद थप भइ अनुसन्धान भइरहेको खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्