काठमाडौं । अटोमोबाइलको सेलाएको बजार बिस्तारै उकालो लाग्ने क्रममा छ ।
एकातिर सरकारद्वारा जारी जोर–विजोर प्रणालीका आलोपालो गर्न मिल्ने सवारी किन्नेहरू छन् ।
अर्कातिर कोरोना त्रासले सार्वजनिक सवारी चढ्न धेरै मान्छे हच्किएका छन् ।
यसको प्रत्यक्ष प्रभाव विशेषगरी दुईपांग्रे सवारीको बजारमा परेको छ ।
पछिल्लो समय मोटरसाइकल र स्कुटर किन्नेको संख्या बढिरहेको व्यापारीहरू बताउँछन् ।
यामाहाको टेकुस्थित शोरुमका म्यानेजर रिहस स्थापितले यामाहाका दुई पांग्रको बिक्री बढेको जानकारी दिए ।
नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले ग्राहकलाई सवारी किन्न सहज होस् भनेर विभिन्न प्रकारका सुविधा पनि ल्याएको छ ।
यामाहाका मोटरसाइकल तथा स्कुटरको मूल्यः

