कोरोना मुक्तपछि प्रधानमन्त्रीका सल्लाहकारको अनुभव


ओकेजनता डेस्क
२३ आश्विन २०७७, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका तीन सल्लाहकार कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन् ।

तीनै जनाको पछिल्लो स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका हुन् ।

‘प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र म प्रेस सल्लाहकार सूर्य थापाको पछिल्लो स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । हामीले कोरोना संक्रमण जितेका छौँ,’ उनले लेखेका छन् ।

यता, रिमालले पनि फेसबुकमा संक्रमणमुक्त भएको जानकारी दिँदै कोरोना केही होइन भन्नु अतिरञ्जना र, कोरोना लागेपछि सिद्दियो भन्नु त झनै उत्तेजनापूर्ण अफवाह हो भनेर भनेका छन् ।

उनले भनेका छन्, ‘तरिका पुर्याउँदा यो महामारीको असर अति न्यून हुन्छ लापरवाहीले ज्यानै जान सक्छ ।’

प्रतिक्रिया दिनुहोस्