काठमाडौं । भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधन भएको छ ।
७४ वर्षको उमेरमा उपचारका क्रममा उनको मृत्यु भएको हो।
उनी लामो समयदेखि गम्भीर स्वास्थ्य समस्यासँग जुझिरहेका थिए । केही समयअघि मात्रै उनको मुटुको अप्रेसन गरिएको थियो ।
दिल्लीको एक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । पासवान मोदी सरकारको उपभोक्ता मन्त्री थिए ।
उनको निधनप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् ।