युएस ओपन टेनिस : स्वेरेभ सेमिफाइनलमा


ओकेजनता डेस्क
२४ भाद्र २०७७, बुधबार

काठमाडौं । पाँचौँ बरियताका एलेक्सान्डर स्वेरेभ युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । २७ औँ बरियताका क्रोएसियन खेलाडी बोर्ना कोरिकलाई संघर्षपूर्ण खेलमा पराजित गरेर जर्मन स्वेरेभले अन्तिम चारमा स्थान पक्का गरेका हुन् ।

पहिलो सेटमा पछि परेका २३ वर्षे स्वेरेभले त्यसपछिका दुई सेटमा टाइब्रेकरमा जित निकाले र अन्तिम सेटमा नतिजा आफ्नो पक्षमा पारेका हुन् । स्वेरेभले कोरिकलाई १–६, ७–६ (७–५), ७–६ (७–१) र ६–३ को सेटमा जित दर्ता गरेका हुन्।

स्वेरेभले फाइनल प्रवेशका लागि २० औँ बरियताका स्पेनिस पाब्लाने कारेनो बुस्ता वा क्यानडियन १२ औँ बरियताका डेनिस शपाभालोभसँग प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्