केही मन्त्रीको शपथको तयारी !


ओकेजनता डेस्क
२२ आश्विन २०७७, बिहीबार

काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मन्त्रीमण्डल बिस्तारमा तीब्रता दिएको छ ।

रिक्त रहेका अर्थ मन्त्रालय, सञ्चार मन्त्रालय र शहरी विकास मन्त्रालयमा केही दिनमै मन्त्री परिपूर्ति गर्ने नेकपाको तयारी छ ।

यसैबीच मन्त्रीमण्डल गठनकै विषयमा छलफल गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

अहिले दाहाल र प्रधानमन्त्री ओलीबीच मन्त्रीमण्डल पुनर्गठनबारे छलफल भइरहेको नेकपा स्रोतले जनाएको छ ।

तत्कालै सहमति भए बहाल हुने मन्त्रीमा बिष्णु पौडेल, सुरेन्द्र पाण्डे र जनार्दन शर्मा रहेका छन् ।

अहिले ती नेतालाई कुन–कुन मन्त्रालय दिने भन्नेमा परामर्श भइरहेको छ ।

मन्त्रीमण्डलको अहिलेको पुरै सेट भत्काएर पुनर्गठन गर्ने नेकपाको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्