काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा ‘वान टू वान वार्ता’ जारी छ ।
बुधबारको वार्तामा अध्यक्षद्वयले मन्त्रीमण्डल बिस्तार, संवैधानिक नियुक्तीका विषयमा गम्भीर छलफल गरिरहेका छन् ।
दुई नेताबीच मन्त्रीमण्डल पुनर्गठनका विषयमा लामो समयदेखि कुराकानी भएपनि मिल्न सकेको छैन ।
पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगबाट राजदूत नियुक्त गरेपछि प्रचण्डलगायतका नेताहरु असन्तुष्ट रहेको खवर बाहिरिएको थियो ।
गत असोज २० गते बसेको सचिवालय बैठकमा यसबारे सामान्य छलफल भएको थियो