बोगटानमा नेकपा लहर : गगुडाको कार्यक्रम पनि भव्य


ओकेजनता डेस्क
२२ आश्विन २०७७, बिहीबार

काठमाडौं । नेकपा डोटीले थालेको पार्टी संगठन बिस्तार र प्रशिक्षण बैठक प्रभावकारी भएको नेकपा डोटीले जनाएको छ । नेकपा डोटीले कोरोनाको त्राहीमामका बेला सबै सुरक्षित रहेर अभियानले सार्थकता पाएको दाबी गरेको छ ।

बोगटान–फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल गडसिलाले पनि गाउँपालिकाको वडा नम्बर ६ मा भएको कार्यक्रममा सम्बोधन गर्दै नेकपाप्रति जनताको मोह थपिँदै गएको बताए । विभिन्न स्थानका कार्यक्रममा सहभागी भएर गगुडा पुगेका अध्यक्ष गडसिलाले सबै ठाउँमा नेकपाप्रति जनताको आशा रहेको बताए ।

बोगटान–फुड्सिल गाउँपालिका वडा नम्बर ६ गगुडामा नेकपा संगठन कमिटीको बैठक तथा समिक्षा अन्तरक्रिया कार्यक्रम भव्य रुपले सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरि २ जना क्रियाशील सदस्य नेकपामा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्