आजको राशीफल (२०७७ साल असोज २२ गते)


ओकेजनता डेस्क
२२ आश्विन २०७७, बिहीबार

मेष– रोजगारीमा नया जिम्मेवारी थपिनेछ । उत्साहले काम बन्नेछ । पारिवारिक छोटो यात्रा हुनेछ ।

वृष– अरुको लागि व्यर्थ परिश्रम हुनेछ । धनको कारोबार घट्नेछ । स्वास्थ्यमा खर्च हुनेछ ।
मिथुन– धर्मकर्ममा संलग्नता हुनेछ । शंकाले बाधा ल्याउनेछ । कृषि काममा फाइदा हु्नेछ ।

कर्कट– राजनीतिक लाभले आर्थिक फाइदा मिल्नेछ । उच्चव्यक्तिको साथ पाइनेछ । रोजगारीमा लाभ हुनेछ ।

सिंह– सामान्य आम्दानी हुनेछ । इच्छाएको काम पूरा हुनेछ। सहयोगले काम बन्नेछ ।
कन्या– अनावश्यक शंकाले आलोचनाको भय हुनेछ । सरकारीपक्षबाट झमेला हुनेछ । क्षमतामा प्रश्न उठ्नेछ ।

तुला– सामाजिक काममा व्यस्तता हुनेछ । विदेशबाट आफ्नाले साथ दिनेछन् । सामाजिक काममा प्रशंमा मिल्नेछ ।
वृश्चिक– धनको फाइदा अरुलाइ जानेछ । नोकरीमा प्रतिष्पर्धा बढी हुनेछ । मित्रतामा वाधा आउनेछ ।

धनु– आफन्तको काममा दौडधुप बढी हुनेछ । पे्रममा प्रगति मिल्नेछ । कुटुम्बको सहयोगले काममा फाइदा मिल्नेछ ।
मकर– परिवारमा धनको विवाद हुनेछ । मित्रबाट धोका मिल्नेछ । घर वाहिरको काम अधुरो रहनेछ ।

कुम्भ– सन्तानको सुख पाइनेछ । व्यापारमा लाभ हुनेछ । परिश्रमको फल मिल्नेछ ।
मीन– धनको सहयोग बढ्नेछ । अधुरा काम पुरा हुनेछ । स्वास्थ्यमा वाधा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्