काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ, सांसद विद्या भट्टराई यसपाली मन्त्रीको चर्चामा छिन् । भट्टराई लामो समयदेखि विद्यार्थी राजनीति हुँदै सांसदसम्म बनेकी हुन् ।
विद्या भट्टराईको राजनीतिक जीवनमा स्वर्गीय मन्त्री रविन्द्र अधिकारीलाई पनि श्रेय दिने गरिन्छ । यद्यपि भट्टराई राजनीतिक जीवन र उनको संघर्ष आफैमा बलियो छ ।
नेपाली राजनीतिमा एक दिग्गज र क्षमतावान महिलाको रुपमा परिचित भट्टराईलाई भविष्यको बलियो लिडरका रुपमा पनि हेरिन थालिएको छ ।
अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठन गर्ने तयारी गरिरहेका बेला महिलाबाट भट्टराईको नाम पहिलो पंक्तिमा रहेको नेकपा स्रोत बताउँछ ।
शैक्षिक क्षेत्रमा पनि ठूलो योगदान दिएकी भट्टराईले भने आफूले कुनै मन्त्रालय वा मन्त्रीको दाबी नगरेको जिकीर गरिन् ।
पार्टीको निर्देशन र आफूलाई प्राप्त हुने भूमिकामा भने दृढ भएर लाग्ने भट्टराईको भनाइ छ । प्रधानमन्त्री ओली पनि भट्टराई मन्त्री बनाउन सकारात्मक देखिएका छन् ।
नेपाली महिलाको हक हीतमा सदैव आवाज उठाउँदै आएकी भट्टराईलाई पोखरेली जनताले पनि मन्त्रीका रुपमा हेर्न चाहेको प्रतिक्रिया दिएका छन् ।
होनाहार लिडर रविन्द्र भट्टराईका धेरै योजना र सपनालाई पूरा गर्न भट्टराईलाई मन्त्री बनेपछि सहज हुनेछ ।