धुर्मुस सुन्तली फाउन्डेसनलाई तीन करोड सहयोग


ओकेजनता डेस्क
२१ आश्विन २०७७, बुधबार

काठमाडौं । चितवनमा निर्माणधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा थप सहज होस् भन्ने उद्देश्यले बागमती प्रदेश सरकारले धुर्मुस सुन्तली फाउन्डेसनलाई ३ करोड रकम हस्तान्तरण गरेको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल र उपाध्यक्ष कुन्जना घिमिरेलाई ३ करोड रकमको चेक हस्तान्तरण गरेका छन् ।

रंगशाला निर्माण तीव्र गतिमा भएको भन्दै मुख्यमन्त्री पौडेलले खुसी व्यक्त गरे ।

सरकारले आगामी दिनमा पनि सहयोग जारी राख्ने उनको भनाइ छ ।

रंगशाला निर्माणमा चुनौती धेरै रहेकाले जसरी पनि सफल बनाउनुपर्ने बताउँदै यो गौरवको आयोजना भएको पौडेलको भनाइ छ ।
कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री युवराज दुलालले पनि सरकारका तर्फबाट सहयोग हुने बताए ।

फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले सहयोग रकम बुझ्दै खुशीको दिन भएको प्रतिक्रिया दिए । कट्टेलले सरकारले सहयोग गर्छ भन्ने अपेक्षा रहेको भन्दै जग्गा दिएर शुरु गरेको र हाल रकम सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे ।

रंगशाला निर्माण हाल २ सय ३३ जना जनशक्तिले काम गरिरहेको कट्टेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्