युटुवरजस्तै नगरी सत्य समाचारले करोडौ कमाए….


ओकेजनता डेस्क
२१ जेष्ठ २०७९, शनिबार

काठमाडौं । सामान्यता पत्रकारहरु समाचार लेखेर पाठकहरुलाई सुसुचित गर्छन। लुकेर रहेर रहेको समाचारलाई बाहिर ल्याउन पत्रकारको महत्वपूर्ण भुमिका हुन्छ ।

यद्यपि, मोरङ राजघाटका पत्रकार तेजन खड्काको पत्रकारिता भने फरक छ। यूट्यूबरले जस्तो नाटक नगरी समाचार लेखेरै करोडौ जुटाईदिएका पत्रकार हुन् उनि। समाचार लेखेर पाठकलाई सुसुचित गर्न त सक्रिय छदै छन् नै उनले दिनदुखी र उपचार गर्ने रकम नहुँदा मृत्युसँग संघर्ष गरिहरेका मानिसहरुको लागि उनको कमल निरन्तर चल्ने गरेको छ।

पत्रकार खड्काले हालसम्म करिव १ करोड भन्दा बढि रकम संकलन गरेर बुझाईदिसकेका छन्। जहिल्यै समाचारको खोजीमा हुने यि २३ बर्षे पत्रकार खड्काले समाचार लेखनसँगै सहयोगी हात पनि जुटाई दिन थालेका हुन। खड्काले सामाजिक सन्जाल र अनलाईन न्युज मार्फतसहयोग जुटाईदिएका हुन्।

उनले खुट्टाको मासु कुहिएर झर्न थालेपछि ओछ्यानमा थलिएका मोरङ राजघाट—७ का देवान तामाङको पीडा अनलाइन पत्रिकाहरू प्रकाशित गरिदिएपछि उपचारका लागि देशविदेशबाट २ लाख रकम संकलन गरिदिए । आर्थिक अभावमा मृत्युसँग संघर्ष गर्दै देवान भन्ने शीर्षकको समाचार खड्काले विभिन्न अनलाइनहरूमा प्रकाशित गरे लगत्तै राजघाटबाट हङकङ गई बसेका नेपालीहरूले सहयोग गरे।

आफ्नो गाउँको साथीको पीडालाई आफ्नै पीडा सम्झेर सहयोग गर्ने राजघाटबासी हङकङेहरूले समाचार आउना साथ खड्कासँग सम्पर्क गरेका थिए। सबै वास्ताविकता र अस्पतालको रिपोर्ट हेर्नासाथ त्यहाँ कार्यरत जीवन पोमुको सक्रियतामा नेपाली ५० हजार रुपैयाँ पठाइदिएका थिए भने अन्यदेशबाट पनि सहयोग रकम जुट्यो।

तामाङले अहिले उपचार पछि नयाँ जिवन नै प्राप्त गरेका छन्। हालैमात्र तेजनले क्यान्सर पिडीत उमाहाङद्धारा सहयोगको याचना भन्ने शिर्षकको समाचार लेख्नसाथ राजघाट—८ मोरङ निवासी ६५ बर्षीय उमाहाङ चोङबाङलाई ४ लाख भन्दा बढि रकम जुट्यो । हाल उहाँको उपचार भईरहेको छ ।

यति मात्र होइन, पत्रकार खड्काले राजघाट –९ की मुनाकुमारी धिमालको दुबै मिर्गौला फेल भएको बेला पनि ११ लाख रुपैयाँ जुटाउन सहयोग गरे । उनि भन्छन–हामी समाचार लेखेर समस्या उठान मात्र गर्ने हौं ।

तर अनलाइनमा समाचार आएपछि विदेशमा रहेका गाउँका अग्रज दाजुहरूले तिम्रो अगुवाईमा उपचार खर्च संकलन सुरु गर्न अनुरोध गरेपछि मैले नाई भन्न सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्