जुनिचाँदेमा जिप दुर्घटना, वडाध्यक्षसहित ५ को मृत्यु, २ बेपत्ता


ओकेजनता डेस्क
२१ आश्विन २०७७, बुधबार

काठमाडौं । जाजरकोटको जुनिचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ ।

जाजरकोटका सदरमुकाम खलंगाबाट जुनिचाँदे जाँदै गरेको भे १ ज ९३५ नम्बरको जिप बुधबार जुनिचाँदे गाउँपालिका वडा नम्बर १ औल भीरमा दुर्घटना भएको हो ।

दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको र दुई जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

मृत्यु हुनेमा जुनिचाँदे गाउँपालिका वडा नम्बर ११ का अध्यक्ष अमरबहादुर शाही, सोही गाउँपालिका वडा नम्बर ११ का कृतिबहादुर शाही, खेमबहादुर शाही, वडा नम्बर ५ का मालिका बस्नेत र कृष्णबहादुर शाही रहेको प्रहरीले जनाएको छ ।

बेपत्ता भएका अन्य दुईजनाको खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्