ईदका अवसरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय


ओकेजनता डेस्क
१९ बैशाख २०७९, सोमबार

काठमाडौं । सरकारले मुस्लिम समुदायको पर्व इदमा सार्वजनिक बिदा दिने भएको छ ।

मुस्लिम समुदायले एक महिना लामो रोजा (ब्रत) सकिएपछि इद मनाउने गर्छन् । नेपालमा मंगलबारको दिन इद मनाइने भएको छ । सरकारले इदको अवसरमा बिदा दिने यसको सूचना गृहमन्त्रालयले दिने सरकारी स्रोतको दाबी छ ।

सरकारले पछिल्लो समय सार्वजनिक बिदा अत्याधिक दिन लागेको छ । जेठ १ देखि लागू हुने गरेर शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्