डिठ्ठा साहेब काँग्रेसबाट वडा सदस्य उम्मेदवार


ओकेजनता डेस्क
१७ बैशाख २०७९, शनिबार

काठमाडौं । डिठ्ठा साहेबले परिचिति कलाकार किशोर भण्डारी नेपाली काँग्रेसका उम्मेदवार भएका छन । ३० वैशाखमा हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि कलाकार भण्डारीले आफनो उम्मेदवारी दर्ता गराएका हुन् ।

तारकेश्वर नगरपालिका–२ मा भण्डारीले वडा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् । अहिले उनी घरदैलो अभियानमा जुटेका छन ।

कान्तिपुर टेलिभिजनवाट प्रसारित भएको डिठ्ठा साहेब टेलिसिरियलदेखि दर्जनौँ म्युजिक भिडियोमा पनि उनको उपस्थिति रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्