काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमण दिनानुदिन बढिरहेका छन् ।
कोरोना संक्रमणबाट आज थप १५ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ५ सय ७८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा ३ हजार ४ सय ३९ जनामा संक्रमण देखिएको छ ।
अहिले कुल संक्रमितको संख्या ९४ हजार २ सय ५३ जना रहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।
बुधबारमात्रै १ हजार १ सय २६ जना डिस्चार्ज भएका छन् भने हालसम्म ६८ हजार ६ सय ६८ जना उपचारपछि निको भएर घर फर्केका द्धन् ।
देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको छ ।
पराराष्ट्रमन्त्री प्रदी ज्ञवालीले बुधबार एक सन्देश दिँदै देशव्यापी रुपमा लकडाउन नहुने बताएका छन् ।