काठमाडौं । सरकारले १० प्रकारका सामानहरु नेपाल भित्र्याउने रोक लगाएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको विवरण अनुसार, विलासी उपभोग्य सामान नेपाल भित्र्याउने रोक लगाइएको हो ।
असार मसान्तसम्मका लागि भन्दै आयातमा रोक लगाइएका सामान निम्नअनुसार छन्–
१ कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु
२ सबै प्रकारका तयारी मदिरा
३ चुरोट तथा सुर्तीजन्य बस्तु ९कच्चा पदार्थ ल्याउन भने छुट छ०
४ हिरा औद्योगिक कच्चा पदार्थ ल्याउन छुट छ
५ मोबाइल सेट
६ रंगीन टेलिभिजन ३२ इञ्चभन्दा माथिका
७ जीप, कार र भ्यानहरु एम्बुलेन्स र शववाहन प्रयोजनका लागि ल्याउन पाइने
८ २५० सीसी भन्दा माथिल्लो क्षमताका मोटरसाइकल
९ सबै प्रकारका खेलौनाहरु
१० खेल्ने तास
मन्त्रालयले कूटनीतिक नियोगका अधिकारीहरुलाई भने यी सामान ल्याउन बन्देज लागू नहुने जनाएको छ । यसैगरी वैशाख १३ गतेअघि बैंकिङ प्रक्रिया पूरा गरेकाहरुको हकमा पनि बन्देज लागू हुने छैन ।