बान्नीगढी जयगढ गाउँपालिकाको स्वतन्त्र उम्मेद्वारमा पंकज शाहको उम्मेदवारी


ओकेजनता डेस्क
१३ बैशाख २०७९, मंगलवार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा एमालेका जिल्ला सदस्य पंकज शाहले बान्नीगढी जयगढ गाउँपालीका अछामको अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन।

सोमबार निर्वाचन अधिकृतको कार्यालय बान्नीगढी जयगढ गाउँपालीकामा समाजसेवी शाहले अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

शाहले तपेन्द्र साउँदको प्रस्तावक र ईन्द्र बहादुर शाहको समर्थकमा उम्मेदवारी दर्ता गराएका छन। पालिकामा व्याप्त शिक्षा, स्वास्थ्य, युवा बेरोजगार तथा खानेपानी समस्या समाधान र भौतिक पूर्वाधार विकासका लागि स्वतन्त्र उम्मेदवारी दिएको उहाँको भनाई छ।

आफूहरुले जितेमा पालिकालाई देशकै नमुना बनाउने उहाँको दाबी छ । समाज परिवर्तनको लागि अब युवाहरूले नेतृत्व लिन अग्रसर हुनुपर्ने भन्दै उनिहरुले पालिकाको प्रमुख पदमा उम्मेदवारी दिएको बताएक छन् ।

सबै युवा वर्ग र समाजमा परिर्वतन चाहानेहरुले आफुहरुलाइ मत दिने उनिहरुको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्