नेकपा एकीकृत समाजवादीका २ गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित ६ वडामा निर्वाचित


ओकेजनता डेस्क
१२ बैशाख २०७९, सोमबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनमा आफ्नो खाता खोलेको छ ।

डोल्पा जिल्ला काइके गाउँपालिका अध्यक्षमा अंगत राना, छार्का तोङसोङ गाउँपालिकाको अध्यक्षमा सेनाङ गुरुङ र डोल्पोबुद्ध गाउँपालिका उपाध्यक्षसहित ६ ओटा वडामा सम्पूर्ण सेट नै कलम चिन्हको विजय भएको छ ।

सबै उम्मेद्वारहरू निर्विरोध निर्वाचित भएको जानकारी प्राप्त भएको छ।

प्रतिक्रिया दिनुहोस्